कैलालीमा खोलाले बगाउँदा , एक वेपत्ता, एकको उद्दार - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

कैलालीमा खोलाले बगाउँदा , एक वेपत्ता, एकको उद्दार



कैलाली । कैलालीको गोदावरी नगरपालिका -११ ओलानीमा मछेली खोलाले बगाउँदा एक जना वेपत्ता भएका छन् भने एकजनाको उद्दार गरिएको छ ।

खोलामा पानी बढेका बेला दाउरा संकलन गर्न गएका २५ वर्षका सुरेश सुनार बेपत्ता भएको र १७ वर्षका शिव विकको बगाएर करिब ३ सय मिटर तल पुगाएको अवास्थामा उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीका अनुसार शुक्रबार विहान ११ बजेतिर खोलामा बाढी आएपछि बगाएर ल्याएको दाउरा संकलनका लागि गएका उनीहरुलाई खोलाले बगाएको थियो ।

उद्दार गरिएका विकको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको छ । बेपत्ता सुनारको खोजीकार्य जारी छ ।

यस्तै, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रहेको खुटिया नदीमा एक्कासी बाढी आउँदा खोलाको बीचमा फसेका महिलाको पनि उद्दार गरिएको छ । खोलाको विचमा फसेका गोदावरी नगरपालिका ९ धनचौरीका तीन जना महिलालाई सशस्त्र प्रहरी र वडा प्रहरी कार्यालयको टोलीले उद्दार गरेको हो ।