कैलालीको लम्किमा बसको ठक्करबाट एक महिलाको ज्यान गयो - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

कैलालीको लम्किमा बसको ठक्करबाट एक महिलाको ज्यान गयो



हिमाल पोस्ट

कैलाली ।। कैलालीको लम्कीमा एक साता बित्न नपाउदै सोही स्थानमा चालकको लापरबाहीका कारण अर्को घटना घटेको छ । लम्की बसपार्कमा बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा लम्की चुहा नगरपालीका १ तिल्केनी निवाशी २५ बर्षिया धनरुपा खनालको मृत्यु भएको छ ।

खनाललाई बसपार्क पुर्व गेटबाट पश्चिम तर्फ जादै गरेको ना. ५ ख ७६९२ नं. को यात्रुवाहक बसले ठक्कर दिदा घटनास्थलमै उनको ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ।

बजार क्षेत्रमा तीब्र गतिमा सवारी चलाउने हुनाले दुर्घटना हुने गरेको स्थानियले आरोप लगाएका छन । स्थानिय र मृतकका आफन्तले लम्किमा चालकलाई कारबाही र मृतकका आफन्तलाई क्षतिपुर्तिको माग गर्दै शव उठाउन दिएका छैनन् भने सडक अवरुद्ध गरेका छन् । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मृतको आत्मालाई शान्ति मिलोस ! हार्दिक श्रद्धाञ्जली !