कैलालीको घोडाघोडी नगरपालिका- ६ मा १४ वर्षिय बालिका बलात्कृत - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कैलालीको घोडाघोडी नगरपालिका- ६ मा १४ वर्षिय बालिका बलात्कृत



बिशाल पाण्डेय / सुखड , कैलाली ।

प्रदेश नं ७ मा पछिल्लो समय बलात्कारको घटना वृद्धि भइरहेको छ । केहिदिन अघि कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउदै फेरि कैलालीमा एक बालिका बलात्कृत भएकी छ्न । जिल्लाको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिका वडा नं ६ बछुरियामा एक १४ बर्षिय बालिका बलात्कृत भएकी हुन ।

गाउकै ३३ वर्षिय हर्क कुवरले घरमा कोही नभएको मौकाछोपी भाद्र १३ गते राती करिव १० बजे तिर बालिका माथी बलात्कार गरी फरार भएको पिडित बालिकाका पक्षले प्रहरिलाइ दिएको उजुरिमा उल्लेख छ ।

बलात्कार गरि फरार अभियुक्तको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख यक्षराज जोशीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो , ‘उजुरी परिसकेपछी कुवरलाइ खोज्न सादा पोसाकमा प्रहरी खटाइएको छ । ‘

घटना १३ गते राती घटे पनि शुक्रवार मात्रै प्रहरी कँहा जानकारी आएको प्रहरी प्रमुख जोशीले हिमाल पोस्टलाई जानकारी दिनुभयो । साथै पिडीत बालीकालाई उपचारको लागी टिकापुर अस्पताल लगिएको जोशीले बताउनु भयो ।

बलात्कृृत बालिकाको आमा बुवा अछाममा बस्दै आएपनि बालिका भने घोडाघोडी नगरपालिका वडा नं ६ बछुरियामा बाजे सँग बस्दै आएकी थिइन् । बाजे पनि घरमा नभएको बेला राति बलात्कार गरि फरार रहेको प्रहरीले जनाएको छ । बालिका गाउँको नजिकैको स्कुलमा कक्षा ७ मा अध्यनरत गर्दै आइरहेकी छिन ।