कैलालीको बौनियामा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु
कैलाली ।। कैलालीको बौनियामा मंगलबार बिहान ट्याक्टरको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
जोशिपुर गाउँपालिका बाट बौनिया बजार तर्फ जाँदै गरेको से १ प ४४०९ नम्बरको ट्याक्टरले बाटोमा रोकिरहेका पैदल यात्रीलाई ठक्कर दिदा बर्दगोरिया २ बौनिया बस्ने पैदल यात्री अन्दाजी ५९ बर्षिय करे शार्किको घटनास्थलमै मृत्यु भएको हो भने उक्त मृतक कै अगाडी छेउमा रोकिएको लु ३८ प ७९५३ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिदा मोटरसाइकल चालक दिनेश भण्डारी घाइते भएको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी नायब निरीक्षक राम चन्द्र पन्तले जानकारी दिनुभयो ।
उक्त ट्याक्टरका चालक गोपाल बि.क का अनुसार अगाडी छेउमा रहेको बालकलाई बचाउन खोज्दा दुर्घटना भएको हो । यदि ट्याक्टरलाई छेउमा नलगेको भए बच्चाको ज्यान जाने बिकले बताए । ट्याक्टर चालक र सह चालकलाई ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिईसकेको छ भने अनियंत्रित भएर पल्टेको ट्याक्टरलाई प्रहरी कार्यालयमा ल्याउने तयारी भैरहेको पन्तले जानकारी दिए ।
बर्दगोरिया गाउँपालिका २ सडकपुर बौनिया बजार भन्दा करिब २ किलोमीटर भित्र गाउँमा उक्त दुर्घटना भएको हो ।