कैलालीको बर्दगोरियामा ट्रक पल्टिँदा चालकको मृत्यु, एक घाइते - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

कैलालीको बर्दगोरियामा ट्रक पल्टिँदा चालकको मृत्यु, एक घाइते



कैलाली ।।  कैलालीको बर्दगोरिया गाँउपालिकामा शनिबार बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा ट्रक चालक दाङ निवासी ४० वर्षिय हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

सिमेण्ट बोकेर दाङबाट धनगढी गइरहेकोे ना ६ ख १९९० नम्बरकोे ट्रक बिहान करिब सवा ४ बजे तिर बर्दगोरिया– ४ निमुवाबोझी चोकनजिकै पल्टिएको प्रहरीले जनाएको छ। घाइते अनिल चौधरीलाई बर्दगोरिया अस्पतालमा सामान्य उपचार पछि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालयका बौनियाका प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले जानकारी दिए।

चौधरीकोे खुट्टा भाँचिएको छ। सडक किनारामा रहेको पोलमा ठोक्किएर ट्रक पल्टिएको प्रहीले जनाएको छ। अध्यारो र बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।