कैलाली जिल्लाकै नमुना वडा बनाउने : वडाध्यक्ष भण्डारी  - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

कैलाली जिल्लाकै नमुना वडा बनाउने : वडाध्यक्ष भण्डारी 



‘सहज तरिकाबाट सेवा दिन मंगलबार देखी टोकन प्रणाली लागु’

नेत्रप्रसाद न्यौपाने/लम्की,कैलाली ।
स्थानिय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएपछि सिंंह दरबारको अधिकार गाउँ गाउँ मा आउछ भन्ने नारालाई सार्थक पार्न आफ्ना काम कारबाही लाई कैलालीको जानकी गाउपालिका वडा नम्बर ९ को वडा कार्यालय ले प्रयास गरिरहेको छ ।

अन्य स्थानिय तहमा विकास निर्माणका कार्य संगै विभिन्न कार्य गर्दै आएपनि वडा नम्बर ९ को वडा कार्यालयले भने विकास सँगै शुसान तथा पारदर्शिता लाई समेत तिब्र गतिमा अगाडी बढाईरहेको छ । वडा कार्यालयले विकास निर्माण तथा अन्य दैनिक प्रदान गरिने सेवा प्रवाहका बारेमा वडा कार्यालयको सुचना वोर्डमा टास्ने देखी लिएर वडाबाट प्रवाह हुने सेवाको सार्वजनिक सुनुवाई तथा वडा लाई जुवातास मुक्क्त वडा घोषणा तथा आर्थिक वर्ष २०७४।७५ मा ६० फिट चौडाईमा फायरलेन सडक विस्तारको काम गर्दै चर्चामा आएको वडाले मंगलबार देखी टोकन प्रणाली सेवा सुरु गरेको छ ।

वडा कार्यालय बाट प्रदान गर्ने दैनीक सेवा प्रवाहमा नम्बरिङ्ग (टोकन प्रणाली ) वडा कार्यालयमा सेवा लिन आउने सेवा ग्राहीलाई सेवा दिन सजिलो होस भन्ने उद्धेश्यका साथ टोकन प्रणालीलागु गरिएको वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताउनुभयो । काम गर्ने क्रममा गल्ती कमजोरी हुने भएकाले त्यस्ता गल्ति कमजोरी लाई सच्याउन र वडाको विकासको लागी सहयोग र खबरदारी गर्न समेत उहाँले सम्पुर्ण वडा वासीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य विजय रावलले आफुले निर्वाचनका समयमा गरेका वाचा पुरा गर्न तथा नाताबाद कृपावाद भन्ने जस्ता क्रियाकलाप लाई समेत अन्त्य गर्न यो सेवाले मद्धत पुग्ने बताउनु भयो । उहाले वडा कार्यालय बाट प्रदान गरिने सेवामा कहि कतै जनप्रतिनिधी तथा कर्मचारी बाट गलत कार्य गरेमा त्यसमा खबरदारी गर्न समेत आग्रह गर्नुभएको छ ।

कार्यक्रममा वडा सदस्य शेर बहादुर विक, नेपाल रेडक्रस सोसाईटी पथरैया उपशाखाका निर्वतमान सभापति लालबहादुर थापा,समाजसेवी शुशील कोली,चन्द्र सिंंह गुरुङ्ग,गंगा कुवर थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सन्चालन वडा सचिब प्रेमबहादुर बुढाले गर्नुभएको थियो ।