कैलालीमा करिव ९ लाख नगदसहित ७ जना जुवाडे पक्राउ

कैलाली । कैलालीमा करिब ९ लाख रुपैयाँ सहित ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिकाबाट ८ लाख ९३ हजार ५० रुपैयाँ नगद सहित ७ जना जुवाडेलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
सुदुरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरईटी) समुह र इलाका प्रहरी कार्यालय सुखडको टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
घोडाघोडी नगरपालिका- १ सुखडको करण थापाको घरमा तास खेल्दै गरेका धनगढी उपमहानगरपालिका- ३ विशालनगर बस्ने वर्ष ३८ का तुलाराम अधिकारी, जानकी गाउँपालिका -१ बस्ने वर्ष ३२ का कमल चौधरी, लम्कि चुहा नगरपालिका- ४ बस्ने वर्ष ४० का नवल बूढा, टीकापुर नगरपालिका- १ बस्ने वर्ष ४० का मोहन जोशी, बैतडीको पुर्चौडी नगरपालिका- ८ बस्ने वर्ष ५० का कैलाश धामी, घोडाघोडी नगरपालिका- १ बस्ने वर्ष ३३ का दिपेश ऐर र सोही वडामा बस्ने वर्ष ३२ का अक्कल शाही गरि कुल ८ लाख ९३ हजार ५० रुपैयाँ नगद सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
चार जना जुवाडे भने घरको छत बाट हाम फालेर भागेको प्रहरीले जनाएको छ । पकाउ परेका उनीहरूलाई जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

