कैलालीमा फेरी युवती मृत भेटिइन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

कैलालीमा फेरी युवती मृत भेटिइन



धनगढी : कैलालीको गोदावरी नगरपालिका मालाखेतीमा रहस्यमय अवस्थामा एक युवतीको शव फेला परेको छ।

नगरपालिकाको वडा नम्ब १० की २४ वर्षीया तुल्सी फुलाराको रहस्यमय तरिकाले झुण्डिएको अवस्थामा शव फेला परेको हो। फुलाराको गएराति झ्यालमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गएराति सँगै रहेका दम्पती मध्ये श्रीमतीको हत्या भएको र श्रीमानलाई केही नभएकाले घटना रहस्यमय रहेको प्रहरीले जनाएको छ। राति नै प्रहरीलाई खबर आएपछि जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय कैलालीको टोली घटनास्थल पुगेको थियो।

आधा शरीर विस्तरामा रहेको अवस्थामा शव फेला परेकाले फुलाराका माइती पक्षले हत्या भएको आरोप लगाएका छन्। शरीरमा पनि निलडाम भेटिएको छ।

यस अघि फुलाराका श्रीमान प्रशान्त भट्टले कुटपिट गर्दै दाइजोमा पाएको समान जलाएका थिए। फुलारा र भट्टको डेढ वर्ष अगाडिमात्रै मागी विवाह भएको थियो। मृतकका श्रीमानले हत्या गरको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गराएका छन्।

मृतकका बुबाले भट्टले छोरीको हत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टलाई आज पक्राउ गरेको छ।

आज बिहान श्रीमान विरुद्ध किटानी परेपछि प्रहरीले प्रशान्तलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ।

फाइल तस्विर