कैलालीमा बस दुर्घटना - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कैलालीमा बस दुर्घटना



धनगढी । पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बल्मी सडकखण्डमा से१ख १०२५ नंको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउसो भएको दुर्घटनामा ११ जना घाइते भएका छन् ।

बस दुर्घटनाबाट घाइते भएकी कैलाली गौरीगङ्गा नगरपालिका–४ राजीपुरकी ७५ वर्षीया ईश्वरी बिनाडीको पद्मा अस्पताल अत्तरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जानेको छ ।

उपचारार्थ पद्मा अस्पतालमा भर्ना गरिएका घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त बस अचानक अनियन्त्रित भएर सडकमै पल्टिएर दुर्घटना भएको हो । रासस
फाइल तस्विर