कैलाली भ्रमण बर्ष मनाउन यस्तो छ बर्दगोरियाको तयारी.. - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

कैलाली भ्रमण बर्ष मनाउन यस्तो छ बर्दगोरियाको तयारी..



उमेश थापा 

कैलाली । कैलाली भ्रमण बर्ष २०७५को तयारी तीब्र पारिएको छ।

पर्टकयकीय क्षेत्रको संरक्षण ,सम्बर्द्धन एवम् ‘प्रचारप्रसार कैलाली जिल्ला बिकासको मुल आधार’ भन्ने नाराका साथ भ्रमण बर्ष २०७५ मनाउन लागिएको हो। जिल्ला समन्वय समितिको आयोजनामा मनाउन लागिएको  कैलाली जिल्ला भ्रमण बर्ष २०७५ मनाउन यहि बैशाख २२ गते कैलालिको चिसापानीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने कार्यक्रम रहेको जनाईएको छ।

त्यस्तै बैशाख २३ गते बर्दगोरिया धार्मिक स्थल तथा पर्यटन क्षेत्रको  अवलोकन  संघीय सभामुख ,राष्ट्रिय सभाका सदस्य,मन्त्रीहरू, प्रदेश प्रमुख , मुख्यमन्त्री तथा सात ओटै प्रदेशका प्रदेश प्रमुख तथा जिल्ला समन्वय समितिका अध्यक्षहरु लगायतकाहरुले बर्दगोरिया धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम समेत रहेको गाउँपालिका अध्यक्ष  बलिराम चौधरिले जानकारी दिनुभएको छ।

कार्यक्रमलाई सफल पार्नको लागि बर्दगोरिया गाउँपालिकाले गाउँपालिका अध्यक्ष बलिराम चौधरिको अध्यक्षतामा मंगलबार  ५१ सदस्यीय  मुल समारोह समिती  समेत गठन गरेको छ।

त्यस्तै पत्रकार लिलाजंग शाही को अध्यक्षतामा   ४ सदस्यीय  प्रचारप्रसार उप- समिती, बौनिया बजार ब्यबस्थापन समिती अध्यक्ष रुपक सुनारको अध्यक्षतामा ५ सदस्यीय सरसफाइ उप-समिती, कृष्ण बिस्टको अध्यक्षतामा मञ्च ब्यबस्थापन तथा यातायात ब्यबस्थापन उप- समिती  गठन गरिएको गाउँपालिका अध्यक्ष बलिराम चौधरिले जानकारी दिनुभएको छ।   कैलाली भर्मणले  यस क्षेत्रमा आउने पर्यटकहरुको संख्यामा उल्लेखनीय वृद्धि हुने समेत  आफुले  बिश्वास लिएको अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ।