कैलालीमा जिप र मोटरसाइकल दुर्घटना: एकजनाको मृत्यु
सुखड,कैलाली ।
कैलालीमा बिहीबार राती जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वतर्फ गइरहेको से ६ प ५२२९ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ आउदै गरेको बा १८ च ८७१५ नम्बरको जिप घोडाघोडी नगरपालिका- २ साँडेपानीमा एकआपसमा ठोकिँदा मोटरसाईकलमा सवार कैलालीको बर्दगोरिया गाउपालिका बौनियाँ बस्ने ३२ वर्षीय चक्र बमको मृत्युु भएको प्रहरीले जनाएको छ । घाइते बमको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
मृतक बमको शव सेती अञ्चल अस्पताल धनगढीमा रहेको र दुर्घटनामा परी घाइते भएका बौनियाँ भजन सुनारलाई थप उपचारका लागि नेपालगन्ज पठाइएपनि त्यहाँबाट काठमाडौं रेफर गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।
जिप र मोटरसाइकल तिब्र गतिका कारण दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।
जिप चालक घोडाघोडी नगरपालिका वडा नम्बर ३ जुरपानीका वीरबहादुर चौधरी तथा ठक्कर दिने जिप र मोटरसाइकल ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेकोे छ । चालकलाई केही समयपछि धनगढी पठाउने प्रहरी निरीक्षक जोशीले बताए ।