कैलालीमा मोटरसाइकल दुर्घटना: १ को मृत्यु , ३ घाइते
कैलालीको लम्की चुहा नगरपालिका २ गणेशपुरमा आज साँझ करिब ६:१५ बजे विपरीत दिशाबाट आइरहेका २ मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको घटनास्थल मै ज्यान गएको छ भने तीन जना घाइते भएका छ्न ।
पूर्वबाट पश्चिम तर्फ गइरहेको से २ प ४८०३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व तर्फ गइरहेको से २ प ७९८१ को गाडी गणेशपुर नजिक ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर ज्यान जानेको सनाखत भने हुन नसकेको लम्कीका प्रहरी निरीक्षक नैन बहादुर साउदले जानकारी दिए ।
निरीक्षक साउदका अनुसार घाइते हुनेको भने सनाखत भैसकेको छ । घाइते हुनेमा नेत्र रावल टिकापुरका , आशा चौधरी बेलौरी र दीपक चौधरी जोसिपुर का रहेका छन् । दुर्घटनाबारे थप जानकारी आउन सकेको छैन घाइतेहरूलाई नेपालगन्ज रेफर गरिएको छ भने मृतक लाई टिकापुर लगिएको छ ।