ट्रकको ठक्करबाट कैलालीमा एक जनाको ज्यान गयो, एक घाईते - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

ट्रकको ठक्करबाट कैलालीमा एक जनाको ज्यान गयो, एक घाईते



कैलाली । कैलालीमा ट्रकले मोटरसाईललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दगोरिया गाँउपालिका-४ निमुवाबोझीमा सु.प.प्र. ०१/००८ प ४४७४ नम्बरको मोटरसाईकललाई से १ क ९४५ नम्बरको ट्रकले ओभरटेक गर्न खोज्दा ठक्कर दिएको ईलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार जोशीपुर गाँउपालिका-६ पकरीयाका २१ वर्षिय शेर बहादुर डगौंराको मृत्यु भएको हो भने मोटर साईकल चालक सोही ठाउका ३५ वर्षिय पर्शुराम डगौंरा भने घाईते भएका छन् ।

घाईते पर्शुरामको घोडाघोडी अस्पतालमा उपचार भईरहेको र मृतक शेर बहादुरको शव पोष्टमार्टमका लागि टिकापुर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय बौनियाँका प्रमुख प्रहरी निरिक्षक अनिस भण्डारीले जानकारी दिए ।

ठक्कर दिने ट्रक र ४१ बर्षिय चालक मान बहादुर कुवँरलाई ईलाका प्रहरी कार्यालय बौनियाँको टोललीले नियन्त्रणमा लिएको छ । ट्रक धनगढीबाट खाद्यन्न बोकेर बौनियाँ जादै गरेको बताईएको छ ।