कैलाली -१ बाट चुनाब जितेका रेशम चौधरीको सांसद बन्ने सपना अधुरै - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

कैलाली -१ बाट चुनाब जितेका रेशम चौधरीको सांसद बन्ने सपना अधुरै



काठमाडौं ।। कैलाली क्षेत्र नम्बर १ बाट चुनाव जितेका रेशम चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा दिएको निवेदन अदालतले नै आइतबार  दरपीठ गरिदिएपछि चौधरीले वारेसमार्फत प्रमाणपत्र नपाउने भएका छ्न ।

पहिले नै फरार अभियुक्त हुँदाहुँदै चुनाव जितेका चौधरीले  विजयी प्रमाणपत्र पाउनु पर्ने भन्दै माग राखेका थिए।

सर्वोच्च अदालतका न्यायाधीश टंकप्रसाद मोक्तानको एकल इजलासले सर्वोच्च प्रशासनको निर्णयलाई सदर गरेपछि चौधरीलाई प्रमाणपत्र लिन आफै उपस्थित हुनुपर्ने कानुनी बाध्यता परेको छ ।

अदालतले वारेन्ट जारी भएको समयमा पक्राउ नपरेका रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराउनुपर्नेमा अभियुक्तले नै वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग वारेन्ट र म्यादी पुर्जीको अवज्ञा भएको ठहर पनि गरेको छ ।

आफूमाथि लागेको आरोप झुठा लागेमा चौधरीले अदालतमा उपस्थित भइ प्रमाणित गराएर सफाई लिनका लागि अदालती बाटो अपनाउनुपर्ने अदालतको आदेशमा उल्लेख छ ।