कैलालीको मुक्त कमैया शिविरमा युवाले बनाए नमुना अध्ययन गृह
लम्की /कैलाली ।
अहिले धेरै युवाहरु बेराेजगार छन् । काेहि आफ्नो जिवनलाइ रंगिन बनाउनका लागि विदेशियका छन् । त काेहि बेराेजगारकाे पिडाले भाैतारिरहेका छन् । तर , कैलालिकाे लम्कीका युवा भने अाफ्नो जिवनलाई रंगिन बनाउने सपना बुन्नु भन्दा पनि अरुकाे जिवन रंगिन बनाउन तर्फ तल्लीन छन् । कैलालिकाे लमकिचुहा नगरपालिका वडा नंं. १ पुर्व लम्की स्थित मुक्त कमैया बस्तिका ६१ जना कलिला बालबालिकाकाे जिवनलाइ रंगिन बनाउनका लागि लम्कीका युवा रातिदन लागिरहेका छन् ।
उनिहरुले सिर्जनशिल नेपाल गठन गरेर, मुक्त कमैया बस्तिमा नमुना अधययन गृह बनाइरहेका हुन् । २०७५ साल असाेज ३ गते संविधान दिवसको अवसर पारेर नमुना अधययन गृहकाे उद्घाटन गरिएको थियाे ।
नमुना अधययन गृहकाे उद्घाटन भएकाे तीन महिना पुरा भइसकेकाे छ, काम पनि अन्तिम चरणमा पुगेकाे सिर्जनशील नेपालका अध्यक्ष जनक सुनारले सबैकाे साथ सहयाेग पाएको बताए । उनले भने शुरुमा धेरैलाइ बुझाउन गार्हो भयाे, पछि बिस्तारै बुझाउदै गयौ सबैले नमुना अधययन गृहकाे बारेमा
बुझेपछि अहिले काम गर्न सजिलो भएको छ ।
देश विदेशबाट नमुना अधययन गृहकाे निर्माणका लागि सहयाेग पाइरहेकाे सिर्जनशील नेपालका अध्यक्ष सुनारले बताए । अब दुइ महिनापछि नमुना अधययन गृहकाे निर्माण कार्य पूरा हुने उनले बताए ।
नमुना अधययन गृहले कैलालिकाे लम्कीचुहा नगरपालिका वडा नंं. १ पुर्व लम्की स्थित मुक्त कमैया बस्तिका ६१ जना कलिलाबालबालिकाको जिवनमा परिवर्तन ल्याउने सिर्जनशील नेपालका उपाध्यक्ष प्रकाश बिष्टले बताए ।उनले भने त्यहाँका बालबालिका शिक्षाबाट धेरैपछि परेका छन्, उनीहरुको भविस्य उज्ज्वल बनाउने प्रयास हामिले गरिराखेका छौ ।”
केहि दिन पिहलाे याे बस्तिमा घुम्न अाउकाे बेला बालबािलका सडकमा खेलिरहेको र विद्यालय नजाने गरेको भेटाएका थियौ , सुरुको दिन स्मरण गर्दै उपाध्यक्ष बिष्टले भने ‘सडकमा खेल्ने बालबालिकाका लागि केही गर्न सकिन्छ कि भनेर नमुना अधययन गृह बनाउने अभियान शुरु गरेका हाैं ।’
नमुना अधययन गृह भनेको विद्यालय नभइ होमवर्क गर्ने घर भएको उपाध्यक्ष बिष्टले बताए । धेरैले यो विद्यालय भन्ने सोचेका रहेछन् । तर, त्यो नभई दिउँसो विद्यालय जाने बालबालिका बिहान र साझ भने नमुना अधययन गृहमा अधययन गर्ने बताउदै उपाध्यक्ष बिष्टले नमुना अधययन गृह पुरै डिजिटल प्रविधि सहितको भवन बनाएको बताए ।
अाउदाे बैशाखबाट यहा ६२ जना भन्दा बढि बालबालिकाले नमुना अधययन गृहमा अधययन गर्न पाउने समेत सिर्जनशील नेपालका अर्का उपाध्यक्ष उदय भाटले जानकारी दिए । सबैको साथ सहयाेगले निर्माण अन्तिम चरणमा पुगेको बताउदै भाटले नमुना अधययन गृहकाे बारेमा बुझेर सहयोग गर्न आग्रह गर्दै सहयोगी मनलाइ धेरै धन्यवाद दिए ।
अहिले मुक्त कमैया शिविरमा झन्डै ६०/ जना भन्दा बढी बालबालिका भएपनी उनीहरु मध्ये थाेरै मात्र विद्यालय जानेगरेका छन् । अन्य भने उनका अभिभावक सङ्गै काममा लैजाने गरेको बुझिएको छ । नमुना अधययन गृह बनेपछि उनीहरुको जिवनमा धेरै परिवर्तन हुने विश्वास गरिएको छ ।