कैलालीको घोडाघोडी नगरपालिका -१० मा झुण्डिएको अवस्थामा लास फेला
बिशाल पाण्डेय / सुखड ,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका – १० पहलमानपुरमा झुण्डिएको अवस्थामा शनिबार एक युवकको लास फेला परेको छ । सेक्टर वन कार्यालय पहलमानपुरको नजिकै निम्बुको रुखमा अन्दाजी २० वर्षिय युवक झुन्डिएको अवस्थामा लास फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।
बाजुरा घर भई हाल पहलमानपुरमा १८ महिने कृषि जेटिएमा अध्ययनरत छात्र रहेको प्रहरीले बताएको छ । बिहान महिलाहरु जंगलमा घाँस काट्न जाने क्रममा झुन्डिएको अवस्थामा लास देखेपछि आफुहरुलाइ खबर आए लगत्तै घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।
हत्या हो कि आत्महत्या हो भनेर घटनाको थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । मृतकको आफन्तहरु नआएका हुनाले आफुहरुले मुचुल्का समेत नउठाएको प्रहरीले बताएको छ । प्रहरिको टोलि घटनास्थलमै रहेको छ ।सांकेतिक तस्बिर