कैलाली भ्रमण वर्षको तयारी तीव्र,प्रधानमन्त्रीद्वारा उद्घाटन गरिने - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

कैलाली भ्रमण वर्षको तयारी तीव्र,प्रधानमन्त्रीद्वारा उद्घाटन गरिने



मेश थापा /बौनिया ,कैलाली ।

कैलाली भ्रमण वर्ष २०७५को तयारी तीव्र पारिएको छ।

पर्टकयकीय क्षेत्रको संरक्षण ,सम्बर्द्धन एवम् ‘प्रचारप्रसार कैलाली जिल्ला विकासको मूल आधार’ भन्ने नाराका साथ भ्रमण वर्ष २०७५ मनाउन लागिएको हो। जिल्ला समन्वय समितिको आयोजनामा मनाउन लागिएको कैलाली जिल्ला भ्रमण वर्ष २०७५ मनाउन यही वैशाख २२ गते कैलालीको चिसापानीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

त्यस्तै वैशाख २३ गते  बर्दगोरिया धार्मिक स्थल तथा पर्यटन क्षेत्रको अवलोकन सङ्घीय सभामुख ,राष्ट्रिय सभाका सदस्य,मन्त्रीहरू, प्रदेश प्रमुख , मुख्यमन्त्री तथा सात ओटै प्रदेशका प्रदेश प्रमुख तथा जिल्ला समन्वय समितिका अध्यक्षहरू लगायतकाहरुले बर्दगोरिया धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम समेत रहेको गाउँपालिका अध्यक्ष बलिराम चौधरीले जानकारी दिनुभएको छ।

कार्यक्रमलाई सफल पार्नको लागि बर्दगोरिया गाउँपालिकाले गाउँपालिका अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा मङ्गलवार ५१ सदस्यीय मूल समारोह समिति समेत गठन गरेको छ।

त्यस्तै पत्रकार लिलाजंग शाही को अध्यक्षतामा ४ सदस्यीय प्रचारप्रसार उप- समिति, बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष रुपक सुनारको अध्यक्षतामा ५ सदस्यीय सरसफाइ उप-समिति, कृष्ण विष्टको अध्यक्षतामा मञ्च व्यवस्थापन तथा यातायात व्यवस्थापन उप- समिति गठन गरिएको गाउँपालिका अध्यक्ष बलिराम चौधरीले जानकारी दिनुभएको छ। कैलाली भर्मणले यस क्षेत्रमा आउने पर्यटकहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने समेत आफूले विश्वास लिएको अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ।