कैलाली भ्रमण वर्ष २०७५ को तयारी तीव्र,नगर प्रमुख बजगाईले उठाए बजारको फोहर - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

कैलाली भ्रमण वर्ष २०७५ को तयारी तीव्र,नगर प्रमुख बजगाईले उठाए बजारको फोहर



मङ्गल बास्कोटा/लम्की

पर्यटकीय क्षेत्रको संरक्षण,सम्बद्र्धन एवम् प्रसार,कैलाली जिल्ला विकासको मूल आधार भन्ने मूल नाराका साथ हुन लागेको कैलाली भ्रमण वर्ष २०७५ को तयारी लम्की चुहा नगरपालिकाले निकै तीव्र पारेको छ ।

यही वैशाख २२ गते प्रदेश नं.७ को प्रवेश द्धारा लम्की चुहा नगरपालिका वडा ३ को रमणिय ठाउँ चिसापानी कर्णाली नदीको छेउमा समुत्घटन हुने भ्रमण वर्ष २०७५ को लागी नगरपालिकालाई सफा स्वच्छ बनाउन आज लम्की चुहा नगरपालिकामा सरसफाइ गरिएको छ ।

लम्की चुहा नगरपालिका १ लम्की,चिसापानी ,चुहा लगाएका स्थानका बजारमा सरसफाइ गरिएको छ । लम्कीको सरसफाइमा नगर प्रमुख महादेब बजगाई लगायत प्रहरी,ट्राफिक प्रहरी,सशत्र प्रहरी र ब्यापरीको उपस्थिति रहेको थियो । नगर प्रमुख महादेब बजगाईले बजार क्षेत्रमा व्यापारीका दैलोको फोहरलाई झाडु लगाएर आफैले सफा गर्नु भएको थियो ।

लम्की चुहा नगरपालिकालाई सफा स्वच्छ हराबरा बनाउनको लागी नगरपालिकाको प्रत्येक नागरिकको घरमा टोल विकास समितिको माध्यमबाट फोहोर रोडमाा हैन डस्बीनमा फालौँ भनेर फोहर व्यवस्थापनको लागी डस्बीन वितरण गरिने नगर प्रमुख महादेब बजगाईले बताउनु भएको थियो । भ्रमण वर्ष २०७५ लाई प्रधानमन्त्री केपी शर्मा आलीले समुत्घटन गर्नु हुनेछ ।

समुद्घाटन  कार्यक्रममा सङ्घीय सरकारका सम्मानीय सभामुख,राष्ट्रिय सभाका अध्यक्ष,नेपाल सरकारका माननिय मन्त्रीहरू,प्रदेशका प्रमुख,प्रदेशका मुख्यमन्त्रि,प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै माननीय सदस्य,प्रदेशका मन्त्री एवंम प्रदेश सभा सदस्य लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने बताइएको छ ।