कोरोनाबाट केन्द्रीय कारागारका पाँच जना कैदीको मृत्यु - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

कोरोनाबाट केन्द्रीय कारागारका पाँच जना कैदीको मृत्यु



काठमाडौं- कोरोना संक्रमणले नेपालमा खतराको घन्टी बजाउन सुरू गरेको छ । संक्रमणकै कारण सुन्धारास्थित केन्द्रीय कारागारका पाँच कैदीको मृत्यु भएको छ।

मृत्यु भएकाहरु सबैजना दृघ रोगी रहेको कारागारले जनाएको छ। हालसम्म कारागारका ६५ जना कैदीबन्दीमा संक्रमण देखिएको छ।

केन्द्रीय कारागारमा हाल ३ हजार २ सय ५७ जना कैदीबन्दी रहेका छन्। जसमध्ये २ सय २० जनाको मात्र परीक्षण गरिएकोमा ६५ जनामा संक्रमण पुष्टि भएको हो।

यसअघि केन्द्रीय कारागारका सुरक्षामा खटिएका ६० जना प्रहरीमा पनि संक्रमण देखिएको थियो।