अब कहिले हुन्छ कक्षा १२ को परीक्षा ? - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

अब कहिले हुन्छ कक्षा १२ को परीक्षा ?



काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिवार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका एक सदस्यले बताए ।

परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । यसअघि एक महिना अघि परीक्षा तालिका सार्वजनिक गरिन्थ्यो ।

गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि बोर्डलाई सिफारिस गरेको थियो ।

पछिल्लो समय महामारीको अर्को लहर आउने प्रक्षेपणसँगै ठूलो क्षतिको अनुमान गरिएको छ । यो लहर मथ्थर भएपछि मात्रै १२ को परीक्षा हुनेछ ।