कहानीमा ट्विस्ट : प्रधानमन्त्रीले प्रचण्डलाई वार्ताका लागि बालुवाटार बोलाए - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

कहानीमा ट्विस्ट : प्रधानमन्त्रीले प्रचण्डलाई वार्ताका लागि बालुवाटार बोलाए



काठमाडौं- स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको घनघोर विरोध भएपछि बुधबार बिहानैबाट कहानीले अर्कै मोड लिन थालेको छ ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू निकट नेता तथा मन्त्रीहरुसंग छलफल गरेपछि कार्यकारी अध्यक्ष प्रचण्डलाई वार्ताका लागि बालुवाटारमा बोलाएका छन् ।

पार्टीभित्र विवादले उग्र रुप लिएसँगै सहमतिको प्रयासस्वरुप दुई अध्यक्षबीच बालुवाटारमा वार्ता सुरु भएको बताइएको छ ।

बिहान ११ बजेदेखि स्थायी समिति बैठक बस्ने भनिएपनि दुई अध्यक्षबीच जारी संकट समाधानको पहलस्वरुप छलफल भइरहेको एक नेताले जनाएका छन् ।

आइतबार प्रधानमन्त्रीले भारतले आफू नेतृत्वको सरकार ढाल्न लागेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद बढेको छ ।

मंगलबारको बैठकमा प्रचण्डले भारतले नभइ आफूले राजीनामा मागेको भन्दै अध्यक्ष र प्रधानमन्त्री पद छाड्न चेतावनी दिएका थिए । यस्तै बैठकमा बोल्ने अधिकांश सदस्यले पनि ओलीको राजीनामा मागेका थिए ।