कादर खानको अस्पताल मै मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कादर खानको अस्पताल मै मृत्यु



बलिउडका दिग्गज कलाकार कादर खानको मृत्यु भएको छ । उनी ८१ वर्षका थिए । कादर खानले क्यानडास्थित एक अस्पतालमा अन्तिम सास फेरे । उनी केही वर्षदेखि छोरा र बुहारीसँग क्यानडामा बस्दै आएका थिए । यसबारे हिन्दुस्तान टाइम्सले बताएको छ ।

सास फेर्न गाह्रो भएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई बाइपेप भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको बोली बन्द हुनुका साथै निमोनियाको लक्षण पनि देखिएको थियो ।

उनी प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी ९पिएसपी० बाट ग्रसित थिए । यो एक असामान्य मस्तिष्क विकार हो जसले शरिरको गति, हिँड्नका लागि हुनुपर्ने सन्तुलन, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोचलाई प्रभावित गर्छ । मस्तिष्कका तन्तु नष्ट भएका कारण यस्तो हुन्छ ।