बलिउड अभिनेता कादर खानको स्वास्थ्य अवस्था नाजुक,अस्पताल भर्ना - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

बलिउड अभिनेता कादर खानको स्वास्थ्य अवस्था नाजुक,अस्पताल भर्ना



काठमाडौं– बलिउड अभिनेता तथा हास्यकलाकार कादर खान स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना भएका छन्।

उनको स्वास्थ्य अवस्था निकै नाजुक भएकाले यतिबेला भेन्टिलेटरमा राखेर उपचार भइरहको भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ।

खानका छोरा सरफराजका अनुसार उनको ‘प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डर’का कारण दिमागमा सञ्चालित हुने गतिविधिसमेत प्रभावित भएको उल्लेख गरिएको छ।

लामो समयदेखि अष्ट्रेलियामा रहँदै आएका खानलाई एक्कासी श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि डाक्टरहरूको एक समूहले उनलाई भन्टिलेटरमार्फत् उपचारका लागि सिफारिस गरेका थिए।

यतिबेला खान बोल्न नसक्ने अवस्थामा रहेको र उनमा निमोनियाको लक्षणसमेत देखा परेको छ। छोरा सरफराजका अनुसार खानको यसअघि घुँडाको शल्यक्रिया समेत गरिएको थियो।

फिल्म, ‘मुज्से सादी करोगी’, ‘जिना सिर्फ मेरे लिए’, ‘आखियो से गोली मारे’, ‘जौरुका गुलाम’ लगायतका दजर्नौ फिल्ममा अभिनय गरिसकेका ८१ वर्षीय खान बलिउड दर्शकमाझ लोकप्रिय कलाकारका रुपमा परिचित छन्।