कुलमानका समर्थकसंग डरायो सरकार: आन्दोलन रोक्न प्रधानमन्त्री कार्यालयबाटै कडा आदेश - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

कुलमानका समर्थकसंग डरायो सरकार: आन्दोलन रोक्न प्रधानमन्त्री कार्यालयबाटै कडा आदेश



काठमाडौं- विद्युत प्राधिकरणमा पुनः कुलमानलाई नियुक्ति गर्न भन्दै विरोध र आन्दोलन हुन थालेपछि प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई कुलमानको पक्षमा आन्दोलन रोक्न कडा आदेश दिएको खुलेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयले प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा सडक आन्दोलन गर्न नदिन गृहलाई कडा निर्देशन दिएको हो ।

घिसिङको पक्षमा कहीँ कतै आन्दोलन गर्न नदिन गृहमार्फत् सबै जिल्ला प्रशासन कार्यालयलाई गोप्य सर्कुलर पठाइएको स्रोतले बताएको छ ।

देशभर घिसिङको पक्षमा विरोध र आन्दोलन भैरहेको र थप चर्किने सम्भावना भएकाले प्रदर्शन र आन्दोलन गर्नेमाथि कडा कारबाही गरी नियन्त्रणमा लिन आदेश जारी गरिएको छ ।

कोरोना महामारीको बहानामा सरकारले कुलमानको पक्षमा हुने आन्दोलन र विरोध दबाउन निर्देशन दिएको स्रोतले दाबी गरेको छ ।

प्रधानमन्त्री कार्यालयबाटै यस्तो निर्देशन आएपछि सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई कडा निर्देशन दिइएको छ ।

घिसिङको कार्यकाल भदौ २८ गते सकिएको थियो। उनको कार्यकाल थपिने अपेक्षा भए पनि सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन। घिसिङको कार्यकाल नथपिएसँगै काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा उनको समर्थनमा आन्दोलन हुन थालेको छ।