कबड्डीमा नेपालले मलेसियालाई हरायो
जकार्ता १८औं एसियाली खेलकुद (एसिया)को कबड्डीतर्फ नेपालले मलेसियालाई हराएको छ ।
इन्डोनेसियामा जारी प्रतियोगिताअन्तर्गत् समूह ‘बी’को चौथो खेलमा नेपालले बुधबार मलेसियालाई १७–२९ ले हराएको हो ।
कबड्डीको पुरुषतर्फमात्रै भाग लिएको नेपालले बुधबारको पहिलो खेलमा भने इरानसँग हार व्यहोरेको थियो ।
नेपाललाई इरानले ७५–२१ को विशाल अन्तरले हराएको हो ।
नेपालले यसअघि कबड्डीमा इन्डोनेसिया र जापानसँगको खेल हारिसकेको छ ।
समूहको अन्तिम खेलमा नेपालले बिहीबार पाकिस्तानसँग खेल्नेछ ।