"क"बर्गको पत्रीकाको यस्तो हर्कत !जीवित मान्छेकै फोटो हालेर श्राध्दाञ्जली - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

"क"बर्गको पत्रीकाको यस्तो हर्कत !जीवित मान्छेकै फोटो हालेर श्राध्दाञ्जली



हिमाल पोष्ट/काठमाडौं पुस २०

प्रेस काउन्सिलले यसै वर्ष “क” वर्गमा सुचिकृत गरेको हेटौंडाको “साझा कुरा” भन्ने पत्रिकाको यो हर्कत देखेर जो कोहीलाई पनि पत्रिका र पत्रकारिताप्रती घृणा जाग्न सक्छ।

केहिदिन अगाडि नेपाली साहित्य जगतका शिखर पुरुष कमलमणि दिक्षितको मृत्यु भयो। सामाजिक सञ्जाल देखि पत्रपत्रीकामा व्यापक समाचार र श्रध्दाञ्जली आए। यति सम्मकी जो कुरा थाहा नहुने साना देखि ठुलासम्म कोही बाँकी छैनन् सायद। कमलमणी कनकमणी दिक्षितका पिता हुन यो पनि धेरैलाई अबगत नै छ।

कमलमणी दिक्षितलाई नेपाली साहित्य जगतमा शिखर पुरुष मानिन्छ। अझ रोचक कुरा त के छ भने त्यो श्राध्दाञ्जलीमा त्यो “संस्थाका पूर्व वरिष्ठ सल्लाहाकार” भनेर लेखिएको छ उनै कमलमणिको श्रध्दाञ्जली प्रकाशन गर्नु पर्नेमा हेटौँडाको एक पत्रिकाले उनका छोरा कनकमणी को श्रध्दाञ्जली प्रकाशन गरेको छ। दु:खको कुरा त के छ भने फोटो पनि कनकमणीको छापिएको छ। जसले मृतक र जीवित छुट्याउन सक्दैन, बाबु र छोरा छुट्याउन सक्दैन त्यै पत्रिका क वर्गमा सुचिकृत गरिएको छ यसरी छापिएको पत्रिकाको कटपिस हामीलाई प्राप्त भयो, जनमानसमा भ्रम पर्न सक्छ भनी हामी समाचार बनाउन बाध्य भयौँ ।

फेसबुकमा पनि पत्रकार किशोर श्रेष्ठ यसो लेखछन् 

15878808_1402766776434587_1137310411_n