के हुँदैछ भारतमा यस्तो ? - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

के हुँदैछ भारतमा यस्तो ?



काठमाडौं- भारतमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमित निरन्तर बढिरहेका छन्। शनिबारमात्र भारतमा कोरोनाका कारण ३९ जनाको मृत्यु भएको छ भने ८ सय बढी नयाँ संक्रमित थपिएका छन्।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्अनुसार शनिबार एकैदिन भारतमा ८ सय ४६ जनामा कोरोन भाइरसको संक्रमण भएको पाइएको थियो। योसँगै भारतम कोरोन भाइरस संक्रमितको कूल संख्या ८ हजार ४ सय ४६ पुगेको छ। भारतमा कोरोना भाइरसबाट हालसम्म २ सय ८८ जनाको मृत्यु भइसकेको छ।

भारतमा १० लाखभन्द बढी नेपाली रहेका छन्। यीमध्ये केही नेपाली अहिले नेपाल फर्केको भए पनि अझै ठूलो संख्यामा नेपालीहरु भारतमा छन्। शुक्रबार एकैदिन भारतमा ८ सय ७५ जनामा कोरोनाको संक्रमण देखिएको थियो भने २२ जनाले ज्यान गुमाएका थिए।

अप्रिल १ यता भारतमा औसत दैनिक ५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित थपिदै आएका छन्। अप्रिल १ मा भारतमा ६ सय १ जना नयाँ बिरामी देखिएका थिए। भोलिपल्ट अप्रिल २ का दिन ५ सय ४५ जनामा यो भाइरस देखिएको थियो। अप्रिल ३ मा ५ सय १६ जना कोरोना भाइरसका नयाँ बिरामी भारतका अस्पताल पुगेका थिए।

अप्रिल ४ मा ५ सय २९ जनामा भारतमा कोरोना भाइरस देखिएको थियो। अप्रिल ५ का दिन थप ७ सय १ जना भारतमा कोरोनाका बिरामी थपिएका थिए। अप्रिल ६ को दिन नयाँ ४ सय ८९ जनामा कोरोनाका संक्रमण भएको पाइएको थियो।

अप्रिल ७ मा भारतमा ५ सय ७३ जना कोरोना भाइरसका नयाँ संक्रमित भारतमा थपिएका थिए। अप्रिल ८ मा यो संख्या ५ सय ६५ पुगेको थियो। अप्रिल ९ मा भारतमा ८ सय ९ जना नयाँ संक्रमित भेटिएका थिए।