आयोजकले नै रक्सी खाएर दुर्व्यवहार गरेपछि ज्योति मगर प्रहरीमा (भिडियो सहित
चितवन । गायिका ज्योति मगर प्रहरी कार्यालयमा पुगेकी छन् । आयोजक मध्ये एकजनाले दुव्र्यहार गरेकाले उनी प्रहरीमा पुगेकी हुन् । आज ज्योति प्रहरीमा उजुरी दिन भने आएकी होइनन् । उनी आज आफूमाथि दुर्व्यवहार गरेका व्यक्तिलाई छुटाउन प्रहरीमा पुगेकी हुन् ।
ज्योतिलाई चितवनका एकजना व्यक्तिले मंगलबार राति रक्सी खाएर दुर्व्यवहार गरेका थिए । र, लगत्तै उनले प्रहरी बोलाएर दुव्र्यहार गर्ने व्यक्तिलाई पक्राउ गर्न आग्रह गरेकी थिइन् ।
प्रहरीले दुव्र्यहार गरेका व्यक्तिलाई तुरुन्तै पक्राउ गरेको थियो । तर, पक्राउ परेको २४ घण्टा नबित्तै उनी प्रहरी कार्यालयबाट रिहा भएका छन् । पक्राउ परेका व्यक्तिको नाम र संस्था खुलाइएको छैन ।