ज्योति मगरमाथि बलात्कार प्रयास: घटना सार्वजनिक गर्दै - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

ज्योति मगरमाथि बलात्कार प्रयास: घटना सार्वजनिक गर्दै



छोटा पहिरन, गोप्य अंग देखाउन कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्जन पस्कन जान्ने कलाकारका रुपमा चिनिन्छिन्, गायिका तथा मोडल ज्योति मगर।

केही दिनयता भने ज्योति मगर गम्भीर रुपमा प्रस्तुत भएकी छन्। उनले आफूमाथि दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा लेखेकी छन्। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

उनले लेखेकी छन्, ‘वास्तवमा म धेरै डराएकी थिएँ, तर मैले लड्नैपर्छ र यो सुरुवात हो।’

एकादशी मेलाको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी हुन नवलपरासीको बारा महोत्सव पुगेकी ज्योतिलाई आयोजक मध्येका एकले होटलमा यौन दुव्र्यवहार गरेका उनको भनाई छ।

उनले भनिन्, ‘उसले माफी मागेको भए म माफी दिन सक्थेँ, तर केही भनेन। त्यसैले कानुनी रुपमा अघि वढ्न पनि सक्छु। तर, डिसाइड गरिसकेकी छैन।’

ज्योतिका अनुसार अन्य मानिसले पनि उनलाई दुव्र्यवहारको प्रयास गरेका छन्। तर अब उनी सहेर बस्ने पक्षमा छैनन्।