ज्योति लाइफले ल्यायो ३५ घातक रोग विरुद्ध कमालको योजना - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ज्योति लाइफले ल्यायो ३५ घातक रोग विरुद्ध कमालको योजना



काठमाडौं -ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले अहिलेसम्मकै अधिकतम ३५ घातक रोगविरुद्ध आर्थिक सुरक्षण बीमा योजना ल्याएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले नयाँ स्वास्थ्य बीमा प्याकेज सार्वजनिक गरेको हो ।

११ वटा रोगहरुको मात्र बीमा गर्दै आएको कम्पनीले थप २४ वटा रोगको बीमासहित अत्यन्त खतरात्मक रोग क्यान्सको बीमा योजना ल्याएको छ । यसअघि ११ रोगका लागि १० लाख बीमा गर्दै आएकोमा कम्पनीले अब ३५ रोगका लागि अधिकतम ५० लाख सम्मको बीमा गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले ज्योतिले अहिलेसम्मकै हाई–क्लासमा संवेदनशील रोग क्यान्सरविरुद्धको अधिकतम ५० लाखको स्वास्थ्य बीमा प्याकेज ल्याएको जानकारी दिए ।

‘क्यान्सर जस्तो प्राणघातका साथै आर्थिक संकट निम्त्याउने अत्यन्त महंगो रोगबाट आर्थिक सुरक्षण प्रदान गर्न ज्योतिले विशेष प्याकेजसहितको उच्च स्वास्थ्य बीमा ल्याएको छ । यसले व्यक्तिको मात्र नभएर सिंगो परिवारलाई नै आर्थिक सुरक्षण प्रदान गर्ने छ,’ उनले भने, ‘हामीले सेवाग्राहीहरुको उच्च जोखिमलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायीत्व बहनसहितको थप आर्थिक सुरक्षा बीमा योजना ल्याएका हौं ।’

खत्रीका अनुसार घातक रोगकै कारण र आर्थिक अभावकै कारण कसैको अकालमा नै मृत्यु नहोस् भन्नाकै लागि कम्पनीले यस खालको स्वास्थ्य बीमा योजना ल्याएको हो ।

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बास्टर महानायक राजेश हमालले पहिलो पटक ज्योतिले ल्याएको सामाजिक उत्तरदायित्व सहितको उच्च जीवन बीमाले आम सेवाग्राहीहरु लाभान्वित हुने बताए ।

‘रोग भन्ने कुरा थाहाँ दिएर आउँदैन । र यसले कसैलाई भेदभाव पनि गर्दै । जो कोहिलाई जुनकुनै समयमा पनि क्यान्सर जस्तो प्राणघातक रोग लाग्न सक्छ,’ उनले भने, ‘यस्तो रोगबाट बच्न र आर्थिक भार कम गर्न बेलैमा स्वास्थ्य बीमा गर्न सकिन्छ । जुन ज्योतिले ल्याएको छ । त्यसैले हामी सबै सचेत बनौं र बेलैमा सुरक्षित पनि बनौं ।’

कार्यक्रममा बोल्दै कर्ण शाक्य र डा.सुदिप श्रेष्ठले क्यान्सर रोग र यसबाट मानिसको सामाजिक तथा आर्थिक जीवनमा पर्ने प्रभावको बारेमा भनाइ राख्दै यस्तो अत्यन्त संवेदनशील रोगका विषयमा सबै सचेत र स्वंयमित हुनुपर्ने बताए । उनीहरुले यस्तो जोखिमबाट सेवाग्राहीलाई सुरक्षण प्रदान गर्न प्रयत्न गरेकोमा ज्योति लाईफ इन्स्योरेन्सलाई धन्यवाद समेत दिए ।

कार्यक्रममा कम्पनीले यी प्याकेजहरु जीवन बीमा योजनाहरुसँग ऐक्षिक सुविधाका रुपमा सेवाग्राहीले लिन सक्ने बताएको छ । कम्पनीले बीमीतको हस्पिटल बिल हेरेर नभई रोगको प्रमाणका आधारमा सुरक्षण दिने समेत स्पष्ट पारेको छ ।