विश्वकप: कोलम्बियाका खेलाडीलाई ज्यान मार्ने धम्की - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विश्वकप: कोलम्बियाका खेलाडीलाई ज्यान मार्ने धम्की



लन्डन, (एजेन्सी)। कोलम्बियाका दुई खेलाडीले इंग्ल्यान्डविरुद्धको पेनाल्टी शुटआउटमा गोल गर्न सकेनन् । सोसल मिडियामा उनीहरुलाई मार्ने धम्की आएको बताइएको छ ।

म्याटेउस उराइब र कार्लोस बाक्कालाई धमाधम धम्की आइरहेकोले उनीहरुलाई घर नजान पनि केहीले सल्लाह दिएको छ । उराइबको किक क्रसबारमा ठोक्यो भने बाक्काको किकलाई इंग्लिस गोलकिपर पिक्फोर्डले बचाएका थिए ।

बाक्काका धेरै जसो समर्थकले खराब पेनाल्टी भएकोले खेलाडीलाई चेतावनी दिएको पनि छ कि उनीहरुलाई मार्नेछ र छिटै कोलम्बिया नफर्कन भनेर पोस्ट गरेका छन् । कार्लोस सान्चेजलाई यसअघि नै मार्ने धम्की दिइरहेकोमा प्रहरीले अनुसन्धान गरेको थियो ।

जापानविरुद्धको खेलमा सान्चेजले खेलको तेस्रो मिनेटमै रातो कार्ड बेहोरेका थिए । केही क्रुद्ध फुटबल समर्थकले हिजो एन्डे«स इस्कोबारको हत्या भएको २४ औं वर्ष भएको स्मरण गराएका थिए ।

सन् १९९४ विश्वकपमा आत्मघाती गोलले हारेको भन्दै एसकोबारलाई कोलम्बिया फर्केको १० दिनपछि गोली ठोकेर मारिएको थियो । उनले २७ वर्षको युवा उमेरमै ज्यान गुमाउनुपरेको थियो । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।