ज्याग्दी खोलाको तरङ्ग विमोचन तथा कवि गोष्ठी सम्पन्न  - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

ज्याग्दी खोलाको तरङ्ग विमोचन तथा कवि गोष्ठी सम्पन्न 



गोपिकृष्ण रेग्मी,
स्याङजाको चापाकोट नगरपालिका वडा न १० मा रहेको जनज्योती माध्यमिक विदयालयमा ज्याग्दी खोलाको तरङग वर्ष ३, अङक ४ पुष्टकको विमोचन तथा कवि गोष्ठी सम्पन्न भएको छ ।

ज्याग्दी खोला साहित्य प्रतिष्ठान स्याङजाको आयोजनामा आयोजित कार्यक्रममा बोल्दै चापाकोट नगरपालिकाकी नगर उप-प्रमुख विमला श्रेष्ठले साहित्यिक संस्थाले आफ्नो र देशको पहिचानलाई शिरमा लिएर समाजका विकृति विसंङगतिका विरुद्धमा साहित्यका अभियानलाई गति दिनुपर्ने बताइन ।

उनले रुवाई ,पीडा र समस्याको गजल ,कविता र मुक्तकमा चित्रण गर्दैमा परिवर्तन सम्भव छैन ,कविहरूले सामाजिक तथा सांस्कृतिक विसंगति विरुद्धमा कमल चलाउनु पर्ने धारणा ब्यक्त गरिन ।

साहित्यकारहरू मुकुन्द डोटेल, धुव्र लम्साल, पोषराज देवकोटा, अग्नि कुमार पल्लव, कमला आशु, प्रेमनारायण रेग्मी, नारायण मरासिनी, शिव भटराई, हरि पंगेनी, हरिशरण आचार्य, प्रभा भटराई, खुन कुमारी कोइराला, टिकाराम वाग्ले,सिद्धार्थ देवकोटा, सङ्गीत डोटेल लगायतले आफ्नो रचना प्रस्तुत गरे ।

३३ जना साहित्यकारको रचना समावेश गरिएको ज्याग्दी खोलाको तरङ्ग पुस्तकको समालोचना पत्रिकाका सम्पादक नारायण मरासिनीले र सञ्चालन संस्थाका सचिव शालिकराम लम्साल र जनज्योती माध्यमिक बिद्यालयका शिक्षक शिवलाल गैह्रेले गरेका थिए ।