निर्मलाको न्यायका लागि प्रेसरकुकरसहित महिला सडकमा - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

निर्मलाको न्यायका लागि प्रेसरकुकरसहित महिला सडकमा



महेन्द्रनगर – निर्मलाको न्यायका लागि गठित संघर्ष समितिले प्रेसरकुकर जुलुस निकालेको छ।

संघर्ष समितिले महेन्द्रनगरमा बिहीबार साँझ प्रेसरकुकर जुलुस निकालेको हो। जुलुसको सहभागी महिलाहरुले हातहातमा खाना पकाउने प्रेसरकुकर बोकेर प्रदर्शन गरेका छन्।

संघर्ष समितिकी संयोजन हेलन श्रेष्ठले भान्सामा प्रयोग हुने सामग्रीसहित निर्मलाको न्यायका निम्ति दबाबमूलक जुलुस निकालेको बताएकी छन्।

श्रेष्ठले घटनाको तत्काल सत्यतथ्य छानबिन नभएकोमा आफुले दैनिक प्रयोग गर्ने जुनसुकै सामग्रीसहित आन्दोलन गर्न तयार रहेको बताएकी छन्।

प्रदर्शनमा उत्रिएका महिलाहरुले लुकेका बलात्कारी र हत्यारालाई खोजेर बाहिर ल्याउँ भन्दै टाउकोमा प्रेसरकुकर राखेर जुलुसमा सहभागी भएको थिए।

महेन्द्रनगर बजारको गल्ली नम्बर–१ देखि शुरु भएको जुलुसका सहभागीले मदन चोक हुँदै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना समेत दिएका थिए।

निर्मलाको हत्या भएलगै न्यायको आन्दोलनका लागि गठित समितिले मंगलबार साँझ महेन्द्रनगरमा झाडु जुलुस निकालेको थियो। बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।