जुनसुकै वेला काठमाडौं भासिन सक्ने खतरा ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जुनसुकै वेला काठमाडौं भासिन सक्ने खतरा !



काठमाडौँ । काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला पानीको कुण्ड र पोखरी धेरै छैनन् । यहाँका उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ ।

जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन ग्राउन्ड वाटर रिचार्ज कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको हो ।

बढ्दो जनसंख्या र तीव्र रूपमा विस्तार भएको सहरीकरणले पनि भूमिगत सतहबाट पानी दोहन भइरहेको छ ।

इरानको तेहरान र इस्लामावादमा यस्तै संकट

इरानको राजधानी तेहरानमा जमिनमुनिको पानी रित्तीदै गएपछि सन् २००३ देखि २०१७ सम्म प्रतिवर्ष २५ सेन्टिमिटरका दरले ३ क्षेत्र भासिएका छन् । यदि पानीको प्रयोग यही अनुपातमा रहे इरानको पूर्वी र दक्षिणी क्षेत्र पुर्णरुपमा मरुभूमी बन्ने अध्ययनहरुले देखाएका छन् ।

त्यस्तै जमिनमुनिको पानि निकाल्ने देशमा पाकिस्तान पनि पर्छ । त्यहाँ पनि भूमिगत सतहको पानि यसरी दोहन भएको छ कि सन् २०२५ सम्ममा पुरै देश सुक्खा हुनसक्ने चेतावनि विज्ञहरुले दिएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।