जुनकीरी नेपालले गर्याे बौनियमा सरसफाइ
पदम ओझा /बौनिया
कैलालीको बर्दगोरीया गाउँपालिकामा रहेको जुनकिरी नेपालले आज बौनिया बजारमा सरसफाइ गरेको छ । जुनकिरी नेपालको आयोजना तथा बर्दगोरीया गाउँपालिकाको आर्थिक सहयोगमा उक्त सरसफाइ अभियान थालिएको हो ।
जुनकिरी नेपालले बृहत् सरसफाइ कार्यक्रम २०७५ अन्तर्गत आज बौनिया बजारमा सरसफाइ गरेको जुनकिरी नेपालका अध्यक्ष सुनिल भण्डारीले जानकारी दिनुभयो । जुनकिरी नेपालले यो भन्दा पहिले युवाहरूको व्यक्तित्व तथा नेतृत्वमा विकास पुग्ने कार्यहरू सञ्चालन गर्दै आई रहेको महासचिव पुष्कर सुनारले बताए । यसै गरी भोलि सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै मुढा बजार सरसफाइ गर्ने अध्यक्ष भण्डारीले बताए ।
सरसफाइ कार्यक्रममा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सनार, ईलाक प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक कलेन्द्र विक्रम शाही,लगायत स्थानीय र जुनकिरी नेपालका पदाधिकारीको सहभागिता रहेको थियो ।