सन्तोष के.सीको 'जुन मुटुमा' विक्रम र मनीषाको मन छुने अभिनय (भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

सन्तोष के.सीको ‘जुन मुटुमा’ विक्रम र मनीषाको मन छुने अभिनय (भिडियो सहित)



समिर प्रकाश पाण्डे 

चर्चित गायक, सर्जक तथा सङ्गीतकार सन्तोष के.सी, नेपाली साङ्गीतिक क्षेत्रमा एक चर्चित नाम हो। डेढ दशक नेपाली गीत सङ्गीत मा आफ्नो नाम स्थापित गर्ने एक होनहार सङ्गीतकार के सी ।

आफ्नै आवाजमा पनि बेला बेला बजार छाउने गर्छन् मौलिकता हराई रहेको बेला मौलिकता लाई ध्यानमा राख्दै आफ्नो नाम नेपाली सङ्गितिक फाटमा टिकाई राखेका छन् । नाम टिकाई राख्न निकै गाह्रो भइरहेको बेला आफूलाई चर्तित कलाकर्मीमा अडिक राख्ने एक सन्तोष के सी पनि हुन ।

शनिवार दीपिका भट्टको शब्द अनि लोकप्रिय गायक तथा सङ्गीतकार सन्तोष के.सिको सङ्गीतमा तयार भएको गीत अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको छ ।

सुरिलो स्वरकी धनी गायिका अञ्जु पन्त पछिल्लो समयकी बहुचर्चित गायिका हुन् उनले अहिले सम्म दर्जनौँ गीतहरूमा आफ्नो स्वर भरिसकेकी छिन् भने उनको स्वरमा रहेका सबै गीतले सफलताको शिखर चुमेको हामी देख्न सक्छौ।

एस एस डिजिटल बाट बजारमा आयको यस“जुन मुटुमा”बोलको उक्त गीतको म्युजिक भिडियोमा अभिनय विक्रम बुढाथोकी र मनीषा सिक्देलको रहेको छ,गीतको भिडियो निर्देशन  कपिल लामा, सम्पादन सुजन शाही र छायाङ्कन शुरेस श्रेष्ठले गरेका हुन्,गीत म्युजिक नेपालको य्युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।