जुम्लामा गोली लागेका प्रहरी जवानको अवस्था गम्भीर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जुम्लामा गोली लागेका प्रहरी जवानको अवस्था गम्भीर



काठमाडौं । डा गोविन्द केसीलाई काठमाडौं ल्याउन प्रहरीले विद्यार्थी र स्थानीय समर्थकमाथि प्रहरीले चलाएको गोली लागि घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगञ्ज लाने तयारी गरिएको बताइएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले हेलिकोप्टरमार्फत बिहीबारै काठमाडौं लैजान नसहिने भएकाले नेपालगञ्ज लग्न लागिएको बताए । उनलाई मनाङ हेलीबाट नेपालगञ्ज लगिन लागेको पौडेलले जानकारी दिए ।

उपाध्यायको दायाँ छातीमा गोली लागेको चिकित्सकले बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरि उपाध्यायको छातीबाट गोली निकालिएको थियो । तर छातीमा गहिरो चोट लागेकाले थप उपचार सम्भव नभएपछि काडमाडौं ल्याउन नेपालगञ्ज लगिन लागेको बताइएको छ ।

यसअघि घाइते जवान उपाध्यायको मृत्यु भएको सूचना र समाचारहरु प्रसारित भएका थिए । डा केसी निकट स्रोतका अनुसार केसीलाई घाइते जवान उपाध्यायको मृत्यु भएको झूठो सूचना दिइएको थियो । र डा केसी विक्षिप्त हुँदै आफै बेडबाट उठेर काठमाडौं आउन तयार भएका थिए ।