कर्णाली चिनाउन जुम्लामा अनशन ! - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कर्णाली चिनाउन जुम्लामा अनशन !



शिथिल मुद्रा। मुस्किलले बोल्न सक्ने अवस्था। ८ दिनदेखिको अनशनले स्वासप्रश्वासमा बाधा। छाती र मांशपेसीको दुखाइ।

यस्तैयस्तै समस्याबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षको शड्ढयामा सुतिरहेका डा. गोविन्द केसी नजिकै उनका दुई सहयोगी छन्। सहयोगीसँगको संवादक्रममा डा. केसीले संवाददाताको परिचय सुनिसकेका थिए ।

उनले संवाददातालाई पुलुक्क हेर्दै हातको इसाराले नजिकै बोलाएर सोधे, ‘सञ्चै हुनुहुहुन्छ?’ ‘हजुरलाई कस्तो छ?’ प्रतिप्रश्नमा केसीले जवाफ दिए, ‘स्वासप्रश्वासमा निकै बाधा भइरहेको छ, मांशपेसी र छातीमा पीडा भइरहेको छ।’

कभर्ड हलमाभन्दा अस्पतालमा उनलाई धेरै सजिलो भएको छ। ‘कचर्ड हलमा धेरै गाह्रो थियो,’ उनले भने, ‘यहाँ आएपछि धेरै राहत फिल भइरहेको छ।’ कभर्ड हलमा उनी ५ दिन बसेका थिए। बुधबार उनलाई अस्पताल ल्याइएको थियो।, यो खबर आजको नागरिक दैनिकमा छ ।