भारतीय नायिकाले गरिन काठमाडौंका सडकको बेईजत !
बलिउड अभिनेत्री जुही चावला अहिले काठमाण्डुको भ्रमणमा छन् ।
केही दिन अघि चुपचाप भारतबाट काठमाण्डु आएकी जुहीको भ्रमण सकिनै लागेको छ । काठमाण्डुको सडकहरुको बिजोकलाई सामाजिक सञ्जाल मार्फत गज्जबको झापड हानेकी छन् ।
काठमाण्डु, भक्तपुर, धुलिखेल लगाएतको ठाउँहरुको अवलोकन गरिसकेकी जुहीले ट्वीट गर्दै काठमाण्डुको अस्तव्यस्त सडकमाथि दह्रो व्यांग्य गरेकी छिन् ।
उनले ट्वीट गर्दै लेखेकी छिन्, ‘जब काठमाण्डुमा हामीले गाडी कुरिरहेका थियौं, धेरै धुलो, धेरै ट्राफिक, त्यस्तै धेरै डिजेल र पेट्रोलको वायु प्रदुषण । हामीले आफ्नै अनुहारनै छोप्नु प¥यो । प्रत्येक दिन यहाँका लोकल मान्छेहरुले सर्जिकल मास्क लगाएतर हिँड्छन् ।’
जुहीले यस्तो ट्वीट गरेसँगै एउटा फोटो पनि पोष्ट गरेकी छन् । जहाँ पाँच जना उभिरहेका छन् । सायद उनीहरुले आफ्नो गाडीलाई कुरिरहेका होलान् । उनीहरु पाँचै जनाले आफ्नो अनुहरलाई रुमालले छोपेका छन् ।
प्राय नेपाल घुम्न आउने विदेशी पर्यटकले नेपाल तथा काठमाण्डुको सुन्दरताको बारेमा खुलेरै प्रसंसा गर्छन् । तर बलिउड अभिनेत्री जुही चावलाले भने ठीक उल्टो धुलाम्मे काठामाण्डुको नांगो तस्विर सार्वजनिक गरेकी छन् ।