जसपाबाट मन्त्री बन्नेहरूको नाम फाइनल, हेर्नुहोस (सूचीसहित) - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

जसपाबाट मन्त्री बन्नेहरूको नाम फाइनल, हेर्नुहोस (सूचीसहित)



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह अन्तत: ओली नेतृत्वको कामचलाउ सरकारमा १० जना सहित जाने बहेको छ ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मंत्री बन्दैछन् भने शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई र अनिल झा खानेपानी मन्त्र बन्ने भएका छन्।

यस्तै लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार, तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।

राज्यमन्त्रीमा भने चन्द्रकान्त चौधरी ऊर्जाराज्य मन्त्री र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बन्नेछन्। उनीहरूले साँझ ६ बजे शपथ लिने तय भएको छ।