जसपाको कित्ता क्लियर: ओली सरकारमा जान २२ सांसद सहमत
काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उपेन्द्र यादव समूहका धेरैजसो सांसदहरू ओली नेतृत्वको सरकारमा जान सहमत भएका हुन् । यससंगै जसपाले सरकारका विषयमा कित्ता क्लियर गरेको छ ।
ओली सरकारमा जान अध्यक्ष ठाकुर पक्षका १६ र उपेन्द्र यादव समूहका ६ जना सांसद सहमत भएका हुन् । उनीहरुले औपचारिक रुपमा सरकारलाई समर्थन गरेको जानकारी पठाउने जसपाका एक सांसदले जानकारी दिए ।
जसपासँग हाल ३२ जना सांसद रहेका छन् । अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्ना माग पूरा गरे सरकारमा सहभागी हुने बचन दिइसकेका थिए । ओली सरकारले पनि जसपाका माग सम्वोधन गर्न प्रक्रिया अगाडी बढाएको छ ।
पार्टीमा माधव नेपाल समूहबाट सहयोग नपाएका प्रधानमन्त्री ओली सरकारमा बहुमत जुटाउने प्रयासमा छन् । ओलोले जसपालाई केही मन्त्रालय दिएर सरकारमा ल्याउने सहमति गरेको स्रोतको दाबी छ ।
सरकारमा जाने विषयमा जसपाभित्र पनि मतान्तर रहेका बेला जसपाका बहुमत सांसदले कित्ता क्लियर गरेका हुन् । अध्यक्ष ठाकुर समूह सरकारले आफ्ना माग पूरा गरे सहयोग गर्ने बचन दिएको छ ।
तर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई कांग्रेसको नेतृत्वमा नयाँ सरकारमा सहभागी हुनुपर्ने बताउँदै आएको छ ।