जसपामा झनै बिग्रियो कुरा: बाबुराम-उपेन्द्रले ल्याएको प्रस्ताव अस्वीकृत - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

जसपामा झनै बिग्रियो कुरा: बाबुराम-उपेन्द्रले ल्याएको प्रस्ताव अस्वीकृत



काठमाडौं- जनता समाजवादी पार्टी (नेपाल) भित्र विवाद झनै उग्र बनेको छ । जसपाका शीर्ष नेताहरूको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ल्याएको प्रस्ताव पार्टी अध्यक्ष महन्थ ठाकुरले सिधै अस्विकार गरेपछि विवाद झनै बढेको हो ।

अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायतले भने कोरोनाको दोस्रो लहर बढेको बेलामा बैठक बस्न नसकिने भन्दै प्रस्ताव अस्विकार गरेको स्रोतले जनाएको छ । कार्यकारिणी समितिको बैठक बोलाउने विषयमै विवाद उत्पन्न भएपछि बैठकमा चर्काचर्की भएको बुझिएको छ ।

बैठकमा उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलगायतका नेताहरूले पछिल्लो राजनीतिक अवस्थाबारे कार्यकारिणी समितिको बैठकबाट धारणा बनाउनुपर्ने बताएका थिए ।

जसपाभित्र अध्यक्ष यादव र भट्टराईलगायतका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न लागिपरेका छन् भने ठाकुर, महतोलगायतका नेताहरू भने ओलीलाई नै साथ् दिने लाइनमा छन् ।