जसपा फुट्ने पक्का, दुवै पक्षले आयोगलाई भने मिल्न सकिन्न - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

जसपा फुट्ने पक्का, दुवै पक्षले आयोगलाई भने मिल्न सकिन्न



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षका नेताहरूले आफूहरू मिल्न नसक्ने बताएका छन्। निर्वाचन आयोगले सहमतिका लागि मंगलबार बोलाएपछि आयोग पुगेका नेताहरूले आफूहरु मिल्न नसक्ने बताएका हुन्।

यससँगै जसपा लगभग फुट्ने पक्का भएको छ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि आयोगमा दुवै पक्षबीचको आज भएको छलफलमा सहमति बन्न नसकेपछि पार्टी फुट्ने लगभग निश्चित भएको हो।

मिल्न सकिन्नँ भनेर दुवै पक्षका नेताहरूले हस्ताक्षर गरेर आयोगलाई दिएको जसपा नेता अनिल झाले बताए। नेताहरूले आयोगले राजनीतिक दल सम्बन्धी कानुन अनुसार कसलाई आधिकारिता दिन मिल्छ उसैलाई दिनु समेत भनेका छन्।

बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै महन्थ ठाकुर पक्षका नेता अनिल झाले दुई पक्षबीच कुनै सहमति नबनेको भन्दै अब अलग-अलग बाटो लाग्ने बताए।