ओली सरकारमा जसपा छिर्दा एकै झट्कामा १३ मन्त्री आउट - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

ओली सरकारमा जसपा छिर्दा एकै झट्कामा १३ मन्त्री आउट



काठमाडौं- प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गरेपछि एक झट्कामा १३ मन्त्री पदमुक्त हुने भएका छन्। जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गर्न ओलीले एमालेका १३ मन्त्रीहरूलाई पदमुक्त गरी नयाँ मन्त्रिपरिषद् बनाउन लागेका हुन्।

मन्त्रीबाट बाहिरिनेमा उपप्रधानमन्त्री ईश्वर पोखरेल वरिष्ठतम मन्त्री हुन्। यस्तै पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ, भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फे, संघीय मामिलामन्त्री गणेशसिंह ठगुन्ना, वनमन्त्री प्रेमबहादुर आले, महिला बालबालिकामन्त्री जुलीकुमारी महतो पनि पदमुक्त हुने भएका छन्।

स्वास्थ्य राज्यमन्त्री नवराज रावत, सहरी विकासमन्त्री रामवीर मानन्धर र उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक पनि पदमुक्त हुँदैछन्।

यसअघि जेठ ६ गते सर्वाेच्च अदालतको आदेशअनुसार तत्कालीन माओवादीबाट एमालेको ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दावा तामाङ पदमुक्त भएका थिए।