जसपा बैठक बस्दै: दुई विकल्पमा छलफल हुँदै - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

जसपा बैठक बस्दै: दुई विकल्पमा छलफल हुँदै



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले संसदिय दलको बैठक आज १० बजे बोलाएका हुन ।

बैठकले दुई विकल्पमा छलफल गर्ने बुझिएको छ । जसपा बैठकले या त जसपाको नेतृत्वमा सरकार बनाउने या त ओलीलाई समर्थन गर्नेबारे छलफल गर्ने बुझिएको छ ।

संसदीय दलको बैठकले महन्थ ठाकुरको नेतृत्वमा सरकार बनाउने बारे पहिले छलफल अगाडी बढाउने बताइएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयां सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि जसपाको ठाकुर पक्ष सक्रिय भएको हो ।

अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बिहिवार नै प्रधानमन्त्री केपी शर्मा ओलीसंगै शितलनिवास गएर राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो समर्थन ओलीलाई रहेको भन्दै दावी पेश गरिसकेको बुझिएको छ । आजको बैठकले सरकारबारे औपचारिक निर्णय लिनेछ ।

आजको बैठकमा १९ जना सांसदहरुको उपस्थिती हुने र ओली सरकारमा सहभागी हुने निर्णय गर्ने बताइएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले भने ठाकुर बाहेक प्रधानमन्त्रीमा अरुलाई समर्थन गर्न नसक्ने बताइसकेको छ । तर, ठाकुर आफै भने प्रधानमन्त्री हुन इच्छुक देखिएका छैनन । उनले प्रधानमन्त्रीमा ओलीलाई नै समर्थन गरिसकेका छन् । त्यो अवस्थामा यादव पक्षले या त पार्टी विभाजन गर्ने या त ठाकुरसंगै सरकारमा जाने सम्भावना पनि छ । जसपाले राख्दै आएको संविधान संशोधन,नागरिकता विद्येयक र मुद्दा फिर्ताको माग सरकारले पुरा गरेपछि यादव समेत दबावमा छन् ।

शुक्रवार सांझसम्म कांग्रेस र माओवादी केन्द्रले मात्र वैकल्पिक सरकार बनाउन सक्ने अवस्था देखिएको छैन । त्यो अवस्थामा फेरी पनि प्रधानमन्त्रीमा ओली नै दोहोरिने सम्भावना छ ।