ज्योतिषी क्षेत्रीलाई ६ महिना जेल र १ लाख जरिबाना - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

ज्योतिषी क्षेत्रीलाई ६ महिना जेल र १ लाख जरिबाना



काठमाडौं । ज्योतिषी भन्दै भूकम्पको हल्लाले आतंकित पार्ने अर्जुनकुमार क्षेत्रीलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक संजालमा चर्चा छ । जेठ २८ गतेसम्म प्रलय आउने ठूलो धनजनको क्षति हुने भविष्यवाणी गरेर सर्वसाधारणलाई भ्रम फैलाएको आरोपमा क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ । कुनै कुराहरु संयोगले मिल्यो भन्दैमा गलत रुपले अफवाह फैलाउनु गलत भएको प्रहरीको भनाई छ । ‘नेपालको कानुनमा अफवाह फैलाउने कुरालाई वर्जित गरिएको छ,’ प्रहरीले भन्यो ,

यस्ता खालका अफवाह फैलाएर सर्वसाधारणलाई आतंकित पार्नेलाई १ लाख रुपैयाँ सम्मको जरिवाना र ६ महिनासम्म कैद अथवा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

प्रहरीको प्रारम्भिक सोधपुछमा ज्योतिषी क्षेत्रीले भविष्यवाणी गरेको स्वीकार गर्दै आफूले भनेका कुराहरु मिल्ने दाबी गरेको ज्योतिषी क्षेत्रीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । क्षेत्रीले के–कति कारणले यस्ता कुराहरु भनेर सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।