शताब्दी पुरूष सत्यमोहन जोशी अस्पताल भर्ना - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

शताब्दी पुरूष सत्यमोहन जोशी अस्पताल भर्ना



काठमाडौं- शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। छातीमा समस्या देखिएपछि बुधबार दिउँसो उनलाई ललितपुरको किष्ट अस्पताल भर्ना गरिएको हो।

१०२ वर्षीय जोशीको अन्य स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार हाल उनको श्वासप्रश्वास र रक्तचाप दुवै सामान्य रहेको छ।

अब एक /दुई दिनको उपचारपछि डिस्चार्ज गरिने जोशीका आफन्तले बताएका छन्।