राजधानीका सवारीसाधनमा जोरबिजोर 'सिस्टम' - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

राजधानीका सवारीसाधनमा जोरबिजोर ‘सिस्टम’



काठमाडौं । राजधानीमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिने भएको छ ।

साग तयारी बारे आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त कुरा बताएका हुन् । उनले सागको उद्घाटन र समापनको दिन उपत्यकाका सवारी साधनमा जोर विजोर लागु हुने बताए ।

उनले मंसिर १५ गते सागको उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चलाउन मिल्ने जानकारी दिए । सागको समयमा पुराना गाडी नचलाउन पनि प्रहरीको आग्रह छ ।

सागलाई भव्य रुपमा सफल बनाउनु सबैको दायित्व भएकाले यसालाई सहयोग गर्न प्रहरीको अनुरोध छ ।