जोखिम न्युनिकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न
मङ्गल बास्कोटे/लम्की
कैलालीका जानकी गाउँपालिका वडा नं. ५ मा बिपद जोखिम न्युनिकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न भएको छ ।
गुडनेवर ईन्टरनेशल नेपालको आर्थिक तथा प्राबिक सहयोगमा महिला विकास सञ्जाल लम्कीको आयोजनामा आफ्नो कार्यक्षेत्र अन्तरगतका विभिन्न १० वटा विद्यालयमा बाल क्लब गठन गरी ५ वटा विद्यालयका २५ जना विद्यार्थीहरूलाई २ दिने बिपद जोखिम न्युनिकरण सम्बन्धी जनचेतना मूलक तालिम प्रदान गरिएको हो ।
गुडनेवर ईन्टरनेशल नेपालका शाखा प्रमुख देबेन्द्र भण्डारीको विशेष उपस्थितिमा लम्की चुहा नगरपालिका,जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा गठित १० वटा बालक्लबहरु लाई आवश्यक पर्ने स्टेशनरी सामग्रीहरू वितरण गरिएको महिला विकास सञ्जाल गीता गड्तौलाले जानकारी दिनु भएको छ ।