बेलायती प्रधानमन्त्रीको स्वास्थ्य अवस्था थप खराव: आईसीयूमा भर्ना - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

बेलायती प्रधानमन्त्रीको स्वास्थ्य अवस्था थप खराव: आईसीयूमा भर्ना



काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ ।

उनी होशमै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको बीबीसीले जनाएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि सेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोनसोनलाई सोमबार १० औं दिनमा अस्पताल भर्ना गरिएको हो ।

अस्पताल भर्ना हुनुअघिसम्म पनि प्रधानमन्त्री जोनसोनले आफ्नो काम गरिरहेका थिए ।

अहिले विदेशमन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।